logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

छड्के निरीक्षणका क्रममा गोरखाका प्रहरी प्रमुख एसपी दिउसै मदिरा सेवन गरी क्वाटरमा !


  • राजनीति
  • शुक्रबार, असार २० २०७६

पोखरा – गण्डकी प्रदेश प्रहरी कार्यालयले गोरखाका प्रहरी प्रमुख भोला रावलले दिउसै मदिरा सेवन गरेको हुनसक्ने भन्दै दिउसो कार्यालय समयमै मेडिकल चेकजाँच गरेको छ ।अन्नपुर्ण पोष्टका पत्रकार शिव उप्रेतिले लेखेका छ्न।

छड्के निरीक्षणका क्रममा बुधबार दिउसो गोरखा आएको एसएसपी हरिराज वाग्लेको टोलीले निरीक्षण गर्दा कार्यालय समयमै मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको डिआइजी विनोद शर्मा घिमिरेले जानकारी दिए ।

‘गोरखाका एसपी तीन दिनसम्म सम्पर्कमा नआएपछि हामीले एसएसपीको नेतृत्वको टोलीलाई आन्तरिक रुपमा निरीक्षण गर्न पठाएका थियौँ । दिउसो १२ बजे नै निवासमा मादक पदार्थ सेवन गरेर बसेको भेटियो’, डिआइजी घिमिरेले भने, ‘टोलीले गोरखा अस्पतालबाट चिकित्सकको टोली ल्याएर मेडिकल चेकजाँच गरी मुचुल्का पनि गरेको छ । प्रतिवेदन पनि तयार गरेको छ ।’

निरीक्षण टोलीको सम्पूर्ण प्रतिवेदन अध्ययन भइरहेको पनि बताइएको छ । गोरखा अस्पतालबाट डाक्टर सुचिता अमात्यको टोलीले एसपी रावलको मेडिकल चेकजाँच गरेको अस्पतालले जनाएको छ । डा। अमात्यले भने रिपोर्ट बारे बोल्न नमिल्ने बताइन् ।

एसपी रावलले भने यस बारेमा आफूलाई केही थाहा नभएको भन्दै आफूमाथिको आरोपबारे बोल्न इन्कार गरे । ‘आन्तरिक कामले एसएसपीसावको टोली आउनु भएको चाहिँ हो, अरु कुरा थाहा भएन’, एसपी रावलले भने ।

नौ दिनदेखि वेपत्ता भइरहेका गोरखाको यारु बगरका व्यवसायी धनकमल गुरुङ र उनीमाथि आक्रमण गर्ने ६ जनाको खोजी अनुसन्धान बारेमा बुझ्न खोज्दा एसपी रावल सम्पर्कमा नआएपछि प्रदेश प्रहरीको टोली निरीक्षणका लागि पठाएको डिआइजी घिमिरे बताउँछन् । आन्तरिक अनुशासन उल्लंघन गरेको आरोपमा एसपी रावलमाथि अनुशासनको कारवाही हुनसक्ने डिआइजी घिमिरेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार