logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्ने सरकारको प्रस्ताव प्रति जनार्दन शर्माको आपत्ति


  • राजनीति
  • शुक्रबार, असार २० २०७६

पोखरा- ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्ने सरकारको प्रस्तावप्रति सत्तारुढ दल नेकपाका नेता जनार्दन शर्माले खरो रुपमा आपत्ति जनाएका छन् ।योग्यतम सचिवलाई मुख्य सचिव बनाउन भन्दै पूर्व गृहमन्त्री समेत रहेका नेता शर्माले सरकारलाई सचेत गराए ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले मुख्य सचिव करारमा नियुक्त गर्नुपर्ने आफ्नो अडान पनि दोहोर्याए । नेता शर्माले ज्येष्ठ सचिवलाई नै मुख्य सचिव बनाउन बाध्य पार्ने कानुनी व्यवस्था आफूलाई मान्य नहुने पनि स्पष्ट पारे ।

नेता शर्माले ज्येष्ठ सचिव सक्षम नहुन पनि सक्ने उल्लेख गर्दै उसैलाई मुख्य सचिव बनाउने कानुनी प्रावधान स्विकार गर्न नसकिने पनि बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार