logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पहिरोमा पुरिएर ३ जनाको मृत्यु


  • राजनीति
  • शुक्रबार, असार २७ २०७६

शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोले किच्दा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।

काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले किचेर २ जनाको र रामेछापमा १ जनाको मृत्यु भएको आईजी सचिवालयका एसपी रमेश थापाले रातोपाटीलाई जानकारी दिए ।

यस्तै काभ्रेमा पहिरोले किच्दा ३ जना घाइते भएको एसपी थापाले बताए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पानी पर्न नरोकिए बाढी र पहिरोबारे सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय काभ्रेले आग्रह समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार