logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

‘ओली-प्रचण्डका दिन गए, हामी नेतृत्व गर्छौं’ : योगेश भट्टराई


  • राजनीति
  • बिहिबार, साउन ९ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराईले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हड्डी घोटेर खाने दिन गएको र अब आफूहरुले पार्टीको नेतृत्व गर्ने घोषणा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।

उनले पार्टीको स्कुल विभागको प्रमुखमा अहिले चर्चामा रहेको नाम ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दुवैको नाम सुन्नै चाहेनन् । बरु, घनश्याम भुषाललाई उक्त विभागको प्रमुख बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले अध्यक्षद्धय ओली र प्रचण्डलाई आफुहरुले धेरै मान्नुको मुख्य कारणमा उनीहरुको नराम्रो कुराभन्दापनि राम्रा कुरा बढि भएकोले मानेको सुनाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार