राजनीति
सरकारले प्रतिबन्धित गरेको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले उपत्यका ब्युरो इन्चार्ज माइला लामा गिरफ्तारीको विरुद्धमा श्रावण १५ गते बन्द कार्यक्रम सफल पार्नका लागि आज साझ काठमाडौमा मसाल जुलुश निकालेको छ । उपत्यकाको पनि विभिन्न ठाउमा अहिले साझ मसाल जुलुस निकालेकाहुन । सरकारी सुरक्षालाइ चुनौती छिचोल्दै नेकपाले प्रदर्सन गरेको बताएको छ ।
सरकारले राजनीतिक गतिविधिलाई प्रतिबन्ध लगाएपछि नेकपाका नेता कार्यकर्ता गिरफ्तारी र धरपकडलाइ मात्र बढी जोड दिएको छ ।
सरकारले चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आराधिक समुहको रुपमा परिभाषित गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछी नेकपाका स्थायी समिती सदस्य तथा मध्य कमान्ड इन्चार्ज सहित ५०० को हाराहारीमा नेता कार्यकर्ता गिरफ्तार गरेको छ ।
श्रावण १५गतेको बन्द लाइ सफल बनाउन जनतालाइ आव्हान गर्दै उपत्यका लगायत देशका ठुला शहरमा मसाल जुलुस निकालिएको नेकपा स्रोतले बताएको छ । नेकपाले भोली १५ गतेको दिन यातायात,कल कारखाना ,सबै शैक्षिक सघ सस्थाहरु बन्द गरेर न्यायपुर्ण आन्दोलनमा सहयोग अपिल समेत गरेको छ ।