राजनीति
सत्तारूढ दल नेकपाका प्रभावशाली युवा नेता याेगेश भट्टराई रिक्त रहेको पर्यटन मन्त्रालय समाहल्ने भएका छन्
नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । उनको सपथ ४ बजे तय भएको छ ।
यश अघि स्वर्गीय रवीन्द्र अधिकारी ले उक्त मन्त्रलय समालेका थिए अधिकारी काे ताप्लेजुङ हेलिकप्टर दुर्घटना मा परि निधन भएकाे थियाे।
रबिन्द्रको मृत्यु हुदा यस्तो भनेका थिए योगेश भट्टराईले
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको बुधबार हेलिकप्टर दुर्घटनामा ताप्लेजुङ मा मृत्यु भयो । रविन्द्रको व्यक्तित्व र सरलताका कारण धेरैले घटना असत्य होस भनेर कामना गरिरहेका थिए र गरिरहेकाछन । कतिपयले अस्वभाविक दुर्घटना हुनसक्ने भन्दै अाशंका पनि गरिरहेका छन । यसैका बीचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका ताप्लेजुङका सांसद एवं युवानेता योगेश भट्टराईले आफ्नो टुइटर मा एक ट्विट गर्दै गम्भीर प्रश्न उठाएका छन
उनले भिअाइपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान नै नहुने गरेको तथ्य कोट्याउँदै अाफ्नो फेसबुकमा लेखेका छन ‘भि आई पि उडानमा पाइलट सहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? यो कुरा संकाको घेरामा छ । समयले उत्तर माग्छ ।’ भनेर योगेश भट्टराई ले ट्विट गरेका छन । हुन पनि हो जब देशकै मन्त्री नै जादाँ त मौसम विभाग ले ताप्लेजुङ को मौसम यता काठमाडौं को मौसम को बारेमा किन ब्रीफिङ गरेन यो प्रश्न रहस्य कै गर्भमा रहेको छ । यसको उत्तर समयमा नै खोज्न जरुरी छ ।