राजनीति
पछिल्लो केहि दिनमा एनसेल माथिको आक्रमणले एकाएक तिब्रता लिएको छ । गए राति देशका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगगजनी र आक्रमण भएको छ । गुल्मीको मुसिकोटमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो । टावरमा बम प्रहारको कारण आगलागी भएर ध्वस्त भएको बुझिएको छ ।
आगजनीका कारण सोलार प्यानल, ब्याट्री, जिपिएस् पावर प्यानल जलेको हुनसक्ने स्थानीयको भनाइ रहेको छ ।
देशैभरका एनसेल टावर माथिको आक्रमणको जिम्मा कसैले नलिएको भएता पनि प्रशासनले र जनताले भने विप्लव नेतृत्वको नेकपाले गरेको हुन सक्ने आशंका गरेको छन ।
बिगतमा कहा कसरी भएका थिए एनसेल माथी कार्वाही
काठमाडौ
करिव ७२ अर्व कर नतिर्नेे एनसेल कम्पनी माथि पुन आक्रमण सुरु भएको छ। शुक्रबार राति देशैभरी शक्तिशाली बम बिस्पाेट भएका छन्।
सरकारलाइ ७२ अर्बभन्दा बढी कर नतिर्ने निजी लगानीको दूरसञ्चार कम्पनी एनसेलको टावरमा शुक्रबार साँझ ठाउँठाउँमा विस्फोट गराइएको समाचार प्राप्त भएको छ ।
काठमाडौँ उपत्यकाको ललितपुर, बागलुङलगायत विभिन्न जिल्लाका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा साँझ परिचय नखुलेको शक्तिले बम विस्फोट गराउँदा कतिपय ठाउँमा टावरहरू ध्वस्त भएका छन् ।
ललितपुर
ललतिपुरको भैँसेपाटीस्थित एनसेल टावरमा साँझ शक्तिशाली बम विस्फोट भएको खबर प्राप्त भएको छ । टावरलाई लक्षित गरी गराइएको विस्फोटमा टावर ध्वस्त भए पनि अन्य केकति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन । एनसेलले नेपाल सरकारलाई लाभकर नतिरेको भन्दै जनस्तरबाटै विरोध भइरहेको समयमा विस्फोट गराइएको हो ।
कास्की
पाेखरा महानगरपालिका अन्तरगर्त लेखनाथ डाडाँनाक स्थित रहेको एनसेलको टावरमा आज मध्यरातमा अज्ञात समुहले आगजनी गरेको छ । हिजो साझ एनसेलको केन्द्रिय कार्यालयमा भएको पहिलो विस्फोट पछी यो आगजनी भएको हो।
डाडाँनाक इलाका प्रहरी कार्यालय नजिकै यस्तो कार्य भए पनि प्रहरीले भने सुईको समेत पाएन । प्राप्त स्रोत अनुसार देशै भर भएको एनसेल माथीको आक्रमण बिप्लव नेतृत्वको नेकपाले गरेको जनाएको छ। केही समय अगाडी विप्लव नेतृत्वको नेकपाले एनसेलले राज्यलाई बुझान पर्ने अरवौ कर नतिरेको भन्दै देशैबाट निकाला गर्ने भन्दै सघर्षका कार्यक्रमहरु गर्दै आइ रहेका थिय । प्राप्त जानकारी अनुसार डाडा नाक मा आगजनी भएको टावर पुर्ण रुपमा ध्वस्त भएको छ ।
बागलुङ
बागलुङ जिल्लाको बागलुङ नगरपालिका ७ मूलपानी, गल्कोट नगरपालिका ८ काँडेबास र निसीखोला गाउँपालिका ७ राजकुतमा रहेका एनसेलका टावरमा पनि विस्फोट गराइएको समाचार प्राप्त भएको छ । विस्फोटपछि भएको आगलागीबाट टावरमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
टावरमा कुन शक्तिले विस्फोट गराएको हो भन्ने विषयमा कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताएका छन् । टावरमा आगलागी भएको देखेपछि स्थानीयको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।
काठमाडौ
यसैगरी काठमाडौ काे कमलपाेखरीमा शंकास्पद बस्तु भेटिएको थियाे । शाे बस्तु बम भएकाे र राति नै नेपाली सेनाकाे बम हिस्पाेज टाेलिले डिस्पाेज गरेकाे प्रहरी स्राेतले जानकारी दिएको छ।
सर्वोच्च अदालतले केही दिनअघि एनसेलले सरकारलाई अर्बौं कर तिर्न बाँकी देखिएकाले कर तिराउन सरकारका नाममा आदेश जारी गरेको थियो तर सरकारले कुनै वास्ता गरको छैन । एनसेलले नेपाल सरकारलाई कर छली गरेकाले तत्काल कर भुक्तानी गराउन माग गर्दै जनस्तरबाटै आन्दोलन भइरहेको छ । जनताको उक्त मागको समर्थन गर्दै नेपाल कम्युनिस्ट पार्टीले पनि विगतदेखि सङ्घर्ष गर्दै आएको छ ।