कास्की- पोखरा महानगरपालिका माझठाना २८ मा रहेको एनसेलको टावरमा बुधवार राति अज्ञात समूहले आक्रमण गरी क्षति पुर्याएको छ।गएराती करिब एघार बजेको समयमा आगजनी भएको स्थानियले बताएका छन। यदपी आगजनीबाट के कति क्षेती भएको भन्ने विवरण अझै आउन बाकीँ रहेको छ।अहिले बिहान प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। देशका विभिन्न भागमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गरेको दाबी गरिए पनि कास्कीमा कसले गरायो भन्ने खुलेको छैन्।
ज्यामरुककोटको बन्चरेढुङ्गामा रहेको एनसेलको टावरमा बुधवार राति अज्ञात समूहले आक्रमण
म्याग्दीको बेनी नगरपालिका –२ ज्यामरुककोटको बन्चरेढुङ्गामा रहेको एनसेलको टावरमा बुधवार राति अज्ञात समूहले आक्रमण गरी क्षति पुर्याएको छ।
बुधबार राति साढे १० बजे टावरमा बम विस्फोटको आवाजसँगै आगलागी भएको टावरका हेरालु (कर्मचारी) हरिलाल घिमिरेले जानकारी दिए। ‘अचानक ठूलो आवाज सहित बम पड्किएको आवाज आयो, घिमिरेले भने ‘घरबाट बाहिर निस्केर हेर्दा टावरमा आगो बलेको थियो। घिमिरेको घर टावररहेको स्थानदेखि ५ मिनेटको दुरीमा तलपट्टि रहेको छ।
घिमिरेका अनुसार टावर रहेको ठाउँमा राखिएको जेनेरेटर, व्याट«ीबक्स लगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन्। टावरमा क्षति पुगेपछि बुधवार राति देखिनै एनसेलको सेवा अवरुद्ध भएको छ।
अहिले बिहान प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। देशका विभिन्न भागमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गरेको दाबी गरिए पनि म्याग्दीमा कसले गरायो भन्ने खुलेको छैन्।