राजनीति
बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव राजनीतिमा जति चर्चामा छन जनवादी गित संगीतमा पनि उत्तिकै लोकप्रियता बटुलेका नेता हुन ।
उनले लेखेका थुप्रै गितहरु धेरै युवाका र जनजका मनमा बस्न सफल भएकाछ्न । ति मध्य पनि केहि गित केहि गितहरु सुनेर मानिसहरु भावुक र मुर्छित हुने गर्छन ।
आफ्नो पार्टीका शुभचिन्तकहरुको निमन्त्रणमा ०७२ सालको वैशाखतिर नेत्र विक्रम चन्द विप्लव खाडी मुलुक दुवै पुगे । खाडीमा नेपाली युवाहरुले ४० देखि ४५ डिग्रीको तापक्रममा गरेको कामले विप्लवलाई बेचैन बनायो ।
प्राकृतिक रुपले अनुपम सुन्दर देश नेपाल छोडेर दशौं हजार नेपाली युवाहरु बाध्यताले मरभूमि खाडीलाई स्वर्गजस्तै बनाउन ज्यान हत्केलामा राखेर गरेको काम देखेर उनी विक्षिप्तजस्तै बने ।
खाडी र मलेशियामा मात्र ४० देखि ५० लाख युवा रहेको तथ्यांक र आफ्नै आँखाले खाडीमा देखेको दृश्यसहित विप्लव नेपाल फर्के ।
नेपाल फर्केपछि उनले एउटा गीत लेखे, ‘कस्ले बनायो दाजै उडी जाने वस । हाम्रो देशै उडायो साखै उडायो ।’
यो गीत विदेशिएका युवा खासगरी खाडीमा रहेका युवालाई लक्षित गरेर विप्लवले गीत बनाए । उनीद्धारा लेखिएको गीतलाई माइला लामाले संगीत भरेका छन् भने निर्मला घिसिङले सुमधुर स्वर दिएकी छन् ।
नेकपाका महासचिस समेत रहेका नेत्र विक्रम चन्द विप्लवद्धारा विदेशिएका युवाहरुमा समर्पित गरेर रचिएको गीतको हो कसले बनायो दाजै….