logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

यी हुन नेकपामा शक्तिशाली जनबर्गिय संगठकाे इन्चार्ज तथा अध्यक्ष हेर्नुस् (सुचिसहित)


  • राजनीति
  • आइतबार, भाद्र १ २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज र सहइन्चार्ज तथा अध्यक्ष र सचिवहरू तोकेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूर्णता दिएको हो ।
उपत्यका विशेष कमिटी इन्चार्ज लिलामणि पोखरेल, सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्ष राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपाने तोकिएका छन् । युवा तथा विद्यार्थी विशेष कमिटीमा इन्चार्ज माधव ढुंगेल, सहइन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनिता बराल भएका छन् ।

मजदुर विशेष जिल्ला कमिटीमा इन्चार्ज विना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिंखडा र सचिव नरनाथ लुइटेल तोकिएका छन् भने पेशागतमा इन्चार्ज केशव नेपाल, सहइन्चार्ज प्रमेख खनाल, अध्यक्ष प्रेम पराजुली छन् ।

उद्योगी व्यवसायी विशेष कमिटीमा इन्चार्ज पार्वत गुरुङ, सह शशी श्रेष्ठ र सचिव चन्द्र रिजाल छन् भने केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा र सह डिलाराम आचार्य, झक्कु सुवेदी छन् ।

जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती र सहइन्चार्ज विनेाद श्रेष्ठ, किसानको इन्चार्ज बामदेव गौतम र सहइन्चार्ज सुनिल मानन्धर तोकिएका छन् ।

महिलाको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोक्का तथा युवामा इन्चार्ज महेश बस्नेत र सहइन्चार्ज रामप्रसाद सापकोटा दिपशिखखा छन् भने विद्यार्थीमा इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाल हुँदा वुद्धिजिवीको इन्चार्जमा अग्नि सापकोटा र सहइन्चार्जमा टंक कार्की छन् । पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सहइन्चार्जमा विश्वनाथ प्याकुरेल तोकिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार