logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

चितवनमा प्रहरी र रबिका समर्थक बीच झडप ,डीएसपी सहित प्रहरी प्रदर्शनकारी घाइते


  • राजनीति
  • आइतबार, भाद्र ८ २०७६

चितवन – चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप झडप भएको छ। झडपमा परि चितवन प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायाण कोइरालासहित चारजना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्जका साथै केही सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।

साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

आइतबार सरकारी वकिलको कार्यालय चितवनले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै अस्मिता कार्की, रवि लामिछाने र युवराज कँडेलविरुद्ध अभियोगपत्र दायर गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार