logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भाडामा फार्मेसी लाइसेन्स अदक्षले दिन्छन् औषधि


  • पत्रपत्रिका
  • शुक्रबार, भाद्र २० २०७६

जहाँ औषधि त्यहाँ फर्मासिष्ट’ भन्ने विश्वमा मान्यता भए पनि नेपालको हकमा यो लागू भएको छैन । ५० प्रतिशतभन्दा बढी फार्मेसीमा दर्ता गरिएका र तालिमप्राप्त जनशक्तिभन्दा उनीहरुका आफन्त औषधि बेचिरहेका भेटिन्छन् । यसको प्रमुख कारण हो–फर्मास्टि जनशक्ति उत्पादनमा सरकारको उदासिनता ।

औषधि पसल र बिक्रेताको संख्या हेर्दा देशमा एक फार्मेसीमा बस्न एउटै पनि फार्मासिष्ट पुगेको देखिँदैन । एक फार्मेसीका एक फर्मासिष्ट नहुँदा अदक्ष जनशक्तिबाट औषधी विक्री भइरहेको छ ।

औषधि व्यवस्था विभागमा करिब २२ हजार फार्मेसी दर्ता छन् । फार्मेसी परिषद्मा करिब १२ हजार फर्मासिष्ट दर्ता छन् । हाल फार्मेसी ३० हजार पुगेको र २० प्रतिशत फर्मासिष्ट बिदेशीएको अनुमान छ ।

पछिल्लो समय भाडामा लाइसेन्स लिएर फार्मेसी चलाउने अभ्याससमेत बढेको छ । यो समाचार कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार