logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राम्री’ देख्दा सम्हालिन नसक्ने सेनाका कर्णेल, हिरासतमा


  • पत्रपत्रिका
  • बुधबार, भाद्र २५ २०७६

‘राम्री’ देख्दा सम्हालिन नसक्ने पुरानै बानीले गर्दा यतिबेला एकजना लेफ्टिनेन्ट कर्णेल सैनिक हिरासतमा छन्। जागिर खाएदेखि काण्डैकाण्डमा पर्नाले कतै ‘काण्डे’ त कतै ‘घामट’ जस्ता उपनामले बोलाइने लेफ्टिनेन्ट कर्णेल सनिज रेग्मी पछिल्लोपटक महिला सैनिकमाथि दुव्र्यबहार गर्नाले हिरासतमा राखिएकाे छ ।

२७ बेसिकका सनिज काठमाडौँ, बत्तिसपुतलीका बासिन्दा र पुतलीका सोखिन भनेर पनि चिनिन्छन्। यिनै हुन्, कालिप्रसाद गणका अफिसरका पत्नीलाई दुव्र्यबहादुर गर्न खोज्दा पावर लगाएर उम्किएका थिए। ती अफिसरकी पत्नी कलंकीतिर माइत भएकी पूर्व मिस नेपाल हुन्। सनिजले यसअघि सात दिन गयल हुँदा ६ बाहिनी, बैरेनीमा पदोन्नती रोक्काको सजा पाइसकेका थिए। जागिर खाएदेखि अहिलेसम्म उनका काण्डको चर्चा गर्यो भने लामै फेहरिस्त बन्ने उनका सहकर्मी बताउँछन्। उनको ब्याचका उनी मात्र हुन्, अहिलेसम्म लेफ्टिनेन्ट कर्णेमा थन्किने।

जनआस्था साप्ताहिक

फोटोसप फाइल तस्वीर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार