राजनीति
पोखरा- आगामी मंसिर १५ देखि १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) हुदैै छ । त्यसैको पुर्व सन्ध्यामा पोखरामा नेपाल–भारत मैत्रीपूर्ण कुस्ती प्रतियोगिता आयोजना हुने भएको छ ।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल कुस्ती संघका अध्यक्ष एवं दक्षिण एशियाली कुस्ती संघका उपाध्यक्ष राज मोहम्मद अन्सारीले साग तयारीको लागि पोखरामै मैत्रीपूर्ण कुस्ती प्रतियोगिता आयोजना गरिने बताए ।
‘असोजको पहिलो साता मैत्रीपूर्ण कुस्ती प्रतियोगिता गर्ने योजना छ ।’ उनले भने–‘त्यसैको लागि पोखरा भ्रमणमा आएका हौं ।’
उनीहरुलाई राष्ट्रिय खेलुकद परिषदका बोर्ड सदस्य राजेश गुरुङले पोखरा विमानस्थलमा स्वागत गरेका थिए । स्वागतपछि टोलीले पोखरा रंगशालामा निर्माणाधिन फुटबल मैदानसहित अन्य भौतिक पुर्वाधारको प्रत्यक्ष अवलोकन गरे ।
नेपालमा कुस्ती अधिकांश तराई क्षेत्रमा बढी हुने गरेको छ । पहाडी क्षेत्रमा कुस्तीको प्रभाव भने केही कम छ । यद्यपी पोखरामा आगामी असोजको पहिलो साता आयोजना गरिने मैत्रीपूर्ण कुस्ती प्रतियोगिताले खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान हुने विश्वास र अपेक्षा गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भारतीय टोलीले पोखरा रंगशालाको भौतिक पुर्वाधार निरीक्षण गरेर फर्किएको बताए । उनले सागको तयारी सम्बन्धी र पूर्वाधारको विषयमा समेत जानकारी गराइएको स्पष्ट पारे ।