राजनीति
पोखरा- रोल्पा थबाङ गाउँपालिका-२ छेर्लोबाङ झार्नेमा पहिरोले पुरिएर आमा-छाेराकाे ज्यान गएको छ । चार जना बेपत्ता भएका छन् ।
गएराति आएको पहिरोमा परेर २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पालए जानकारी दिए ।
प्रहरीका अनुसार एकान्तमा रहेको घर पुरिएको स्थानीयले विहानमात्रै थाहा पाएका थिए ।
यसै गरी सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ।
आज बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नम्बरको स्कारपियो पनि पहिरोले पुरिएको जिल्ला प्रही कार्यालय पाल्पाले जनाएको छ।
ढुङ्गासहितको पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी सञ्चालन भइरहेको छ।