राजनीति
पोखरा ९ साहारा टोलमा एक पुरुषको शव फेला परेको छ ।
साहारा टोल स्थित सुनिल परियारको घरमा १४ बर्ष देखि बस्दै आएका म्याग्दी दरवाङका ५५ बर्षीय साईला मगर शनिवार मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।
ज्यामी काम गर्ने मगर आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले उल्लेख गरेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसै गरी पोखराको केआइसिङ पुलमा एक भारतीय पर्यटकको मृत्यु भएको छ ।
भारत महाराष्ट्र मुम्बई का ७२ बर्षीय प्रभुदास कन्जी महेरको पार्कमा अचानक लड्न गई बेहोस भएका मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।
पार्कमा घुम्नको लागि आएका महेर लडेर बेहोस भएपछी उपचारको लागि फिस्टेल अस्पताल पोखरामा लागिएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।