राजनीति
नेकपा का युवा नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नेपालगन्ज बिमानस्थल मा नाराजुलुस सहित हातपातकाे प्रयास भएको पछि सामाजिक सन्जाल तातेकाे छ। मन्त्री भट्टराईका कारण विमान उडानमा ढिलाे भएको भन्दै यात्रुहरूले हिजाे हातपातकाे प्रयास गरेका थिए।
यसैबिच उक्त बिषयलाइ लियर सत्तारूढ दल नेकपाका युवा बिधार्थीहरुले चर्काे प्रतिक्रिया जनाएका छन्। भ्रष्टाचार बिराेधी अभियानका अभियान्ताकाे रुपमा चिनिन थालेका ज्ञानेन्द्र शाही लगायतकाे ग्रुपले मन्त्री भट्टराई माथि अभद्र व्यवहार गर्दै गालि गलाैज गरेकाे थियाे।
तर युवा नेता तथा सांसदहरुले शाहि दरवार र रअकाे एजेन्ड भएको भन्दै कार्वाही गर्न माग गरेका छन्। उनिहरुले मन्त्री भट्टराईमाथि काे अपमान नसहने भन्दै सरकारले कार्वाही नगरे आफुहरुले उचित जवाफ दिने चेतावनी दिएका छन्।
नेकपा निकट बिधार्थी संगठन का संयाेजक ऐन महर सहसंयाेजक रंन्जित तामाङ मात्रै हाेइन सांसद तथा बर्तमान सरकारका मन्त्री ले नै यस्ताे प्रतिक्रिया दिएका छन्
हेराै केही सामाजिक सन्जालमा देखिएका प्रतिक्रिया
सांसद तथा नेकपा नेतृ शान्ता चाैधरी
युवा संयाेजक रामप्रसाद तिमिल्सिना दिपशिखा
अनेरास्ववियु संयाेजक ऐन महर
सहसंयाेजक रन्जित तामाङ
अनेरास्ववियु नेता सुरेन्द्र बस्नेत
नेता पुष्प न्याैपाने
हिजाे बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरका विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएकाे थियाे । जसले गर्दा यात्रु र यात्रुका आफन्त आक्रोशित भएको बाँके प्रहरीले जनाएको छ । मन्त्रीका कारण विमान ७ बजेर ८ मिनेटमा उडेको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।
मन्त्रीमाथि हातपातकाे प्रयास भएको जानकारी पाएपछि प्रहरीले रोकेकाले अप्रिय घटना हुन नपाएको भण्डारीले जानकारी दिए । मन्त्री भट्टराई कैलालीको सतीघाटमा आयोजना भएको डल्फिन महोत्सवको उद्घान गरेर फर्किँदै थिए ।
तर यता मन्त्री भट्टराईले पनि दरवारीयाहरुकाे उक्सावटमा आफुमाथि अभद्र व्यवहार भएको टिप्पणी गरेका छन् । उनले पारसकाे नाम लिदै आफुमाथि गालिगलैज भएकाे बताएका छन् भने कामकाे प्रेसरका कारण केही ढिला प्रति सवैै यात्रु का बिच क्षमा मागेका छन्।