राजनीति
संबिधान दिवशलाइ भब्य रुपमा मनाउन लागि परेकाे सरकारले असन्तुष्ट आवाजहरुलाइ सम्बाेधन गर्न सकेकाे छैन ।
याे संविधान नै जनताकाे राष्ट्रियताकाे हितमा नरहेकाे भन्दै संबिधान तथा सत्ता काे बिकल्पमा बैज्ञानिक समाजवादी ब्यवस्था स्थापना गर्न भन्दै सरकारले संबिधान सभाबाट संविधान जारी गर्नु पुर्व १ दिन अगाडि अर्थात आजकै दिन जनताका तर्फबाट भनेर तत्काल विप्लव नेतृत्वकाे माओवादी का तर्फबाट रत्नपार्क मा जनसंबिधान भन्दैै मस्यौदा जारी गरे ।
उता संबिधान सभा मार्फत असाेज ३ गते संविधान जारी गरियाे । संविधान जारी भएपछि संघियता लगायका स्वायत्त का बिषयमा थुप्रै ठाउँ आन्दोलन भए मधेसी दल लगायत विप्लव नेकपाले संबिधान ले जनताका अधिकारलाई सम्बाेधन गर्न नसकेकाे भन्दै कालाे दिनकाे रुपमा संबिधान जलायर बिराेध गरे ।
त्यस यता निरन्तर बिराेध भइ आएको छ यसै सन्दर्भ सरकारले भाेली तामझामकासाथ संबिधान दिबश मनाउने तयारी गरिरहदा प्रदेश न २ मा भने सरकार कै मन्त्री ले संबिधान जलाएका छन ।
बिहीबार बिहानदेखि नै राजविराजस्थित गजेन्द्र चोकमा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहसहित जिल्लाका स्थानीय तहमा राजपाबाट निर्वाचित जनप्रतिनिधिहरु र कार्यकर्ताहरुले कालो झन्डा प्रदर्शन गरेका छन ।