तिब्बती धर्मगुरु दलाई लामाले फेरी बाबा रामदेवको दाह्री तानेका छन् । दिल्लीमा आयोजना गरिएको सर्वधर्म सद्भाव संगममा दलाई लामा, योगगुरु बाबा रामदेव र मौलाना महमूद मदनी मन्चमासँगै बसेका थिए।
दिल्लीको किङ्ग्सवे क्याम्प क्षेत्रमा आयोजना गरिएको सो कार्यक्रममा दलाई लामा मञ्चमा रमाइलो गर्दे देखिए । मिजासिलो शैलीका उनले ठट्टा गर्दै बाबा रामदेवको दाह्री ताने । लामाले दाह्री तानेपछि रामदेव खुलेर हासेका थिए । जसको तस्विर एकदम भाइरल भइरहेको छ।
यसअघि सन् २०१६ को विश्व शान्ति र समन्वय शिखर सम्मेलनमा पनि दलाई लामाले बाबा रामदेवको दाह्री तानेका थिए । सो समय मानिसहरूबिच हर्षोल्लास भएको थियो । योग गुरुले यसलाई रमाइलोको रुपमा लिएर कुनै आपत्ति जनाएनन्। उनिहरु बिचको निकटताको कारण दाह्री तानेको मान्न सकिन्छ ।
दलाई लामाले धेरै मानिसहरुको दाह्री तान्ने गर्छन् । २०१३ मा बालाकुप्पेको तिब्बती बौद्ध विहारमा’ ७८ औं जन्मदिन समारोहको अवसरमा हिन्दू पुजारी शिवरात्रि देशिकेन्द्रसँगै रहेका मुस्लिम पुजारी मोहम्मद उस्मान शरीफको लामाले दाह्री तनेका थिए । साथै अलाप्पुझाको सेन्ट थोमस चर्चमा पुगेका लामाले एचएच क्याथोलिका बाभाको दाह्री समाते ।
दलाई लामाले २०१२ मा बेलायतको म्यानचेस्टरमा आयोजित युवा कार्यक्रममा अभिनेता-हास्य कलाकार रसल ब्रान्डको दाह्री तानेका थिए । पुरस्कार विजेता नव युग संगीतकार, रचनाकार, निर्माता र वीडियोग्राफर डीन इभ्सनको पनि दलाई लामाले दाह्री तनेका थिए । सन् २००८ मा धर्मशालाको उत्तरवर्ती मठ अमेरिकी रोकर-संगीतकार फिल भोईडलाई पनि दलाई लामाले यस्तै गरेका थिए ।
८४ बर्षका १४ औं दलाई लामाले आफ्नो भेटघाट तथा यात्राहरुलाई लगातार घटाएका छन् । उनलाई छाती संक्रमणको कारण यस वर्षको शुरूमा अस्पतालमा भर्ना गरिएको थियो। यद्यपि उनको गम्भीर स्वास्थ्य समस्या रहेको कुनै संकेत पाइएको छैन।