logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

स्याङ्जाको हरिनास गाउँपालिका बलिथुममा गएराति एक युवकको ह*त्या


  • राजनीति
  • बिहिबार, असोज ३० २०७६

पोखरा – स्याङ्जाको हरिनास गाउँपालिका– ५ बलिथुममा गएराति एक युवकको ह*त्या भएको छ ।

छ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै ह*त्या भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट राति नै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले हत्यामा संलग्नमध्ये पाँच जनालाई पक्राउ गरिसकेको र एक जनाको खोजीकार्य भइरहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए । घटनाका कारण भने खुल्न सकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार