logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

उपचुनावको लागि निर्वाचन कार्यतालिका सार्वजनिक


  • राजनीति
  • शुक्रबार, कार्तिक १ २०७६

पोखरा- निर्वाचन आयोगले उपचुनावको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।मंसिर १४ गते हुने उपचुनावको लागि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा हुने चुनावका लागि आयोगले कात्तिक २१ गते मनोनयन गर्नुपर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो।

आयोगका अनुसार कात्तिक २१ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, २१ गते दिउसो १ः३० बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन हुनेछ।

त्यस्तै २२ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ बजेदेखि दिउसो १ः३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २३ गते दिउसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरिएको छ।

आयोगले २४ गते दिउसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ।

मंसिर १४ गते प्रतिनिधिसभा सदस्य एक स्थानमा, प्रदेश सभा सदस्य तीन स्थानमा र स्थानीय तहका ४८ वटा पदमा चुनाव हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार