logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कफी सहकारी संघ कास्कीमा पुर्न तेश्रोपटक आनन्द सुबेदी चयन


  • राजनिती न्युज डेस्क
  • आइतबार, मंसिर ८ २०७६

पोखरा-व्यवसायीक प्र्राङ्गरिक कफी खेती गरौं, आय आर्जनमा आत्म निर्भर बनौं भन्ने मूल नारा सहित जिल्ला कफी सहकारी संघ लिमिटेड कास्कीको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनले पुर्न आनन्द सुबेदीलाई अध्यक्ष चयन गरेको छ।

शनिबार भएको सहकारीको तेश्रो अधिवेशनले सुबेदीलाई तेश्रोपटक अध्यक्षमा चयन गरेको हो । सुबेदी संस्थापक अध्यक्ष हुन् ।अधिवेशनले समितिको उपाध्यक्षमा शोभाखर अधिकारी र सचिवमा हरिराज घिमिरे,सदस्यहरुमा कीर्तिराज राज लामिछाने, बाबुराम पौडेल, ईन्द्रप्रसाद बास्तोला र तीर्थराज अधिकारीलाई चयन गरेको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष सुबेदीले जंगलको संरचना नबिग्रिने गरी कफी खेती गर्न पाउने वातावरण निर्माण गर्न सरकार सङ्ग आग्रह गरेका छन । उनले कफी खेती जंगलमा लगाउन दिने हो भने त्यसले देशको समृद्धीमापनि सघाउने दाबी गरे ।

कार्यक्रममा प्रमुख अतिथि सांसद दिपक कोइराला, कृषि मन्त्रालयका प्रदेश सचिव अच्यूत प्रसाद ढकाल, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा क्षेत्री, कृषिका राजेश गुरुङ, जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी, राष्ट्रिय चिया तथा कफी बोर्डका निर्देशक चन्द्र पुरी, वागवानी अनुसन्धान केन्द्रका यूवराज भुषाल लगायतले कार्यक्रममा बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार