logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानमन्त्रीकाे स्वास्थ्य बारे यस्तो छ डाक्टरकाे भनाइ


  • राजनीति
  • बुधबार, मंसिर ११ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीलाइ एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखेेर सघन उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई भर्ना गरी राखिएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार उनको अहिलेको स्वास्थ स्थिति ‘स्थिर’ छ ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान करिब ९ बजे अस्पताल पुर्याइएको थियो। विशेषज्ञ चिकित्सकको टोलीले परिक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै पेरिटनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी (पेटलाइ पुरा चिरेर गरिने शल्यक्रिया)’ र ‘एपेन्डेक्टोमी (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया)’ गरिएको थियो। सेन्टरका अनुसार शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा। रमेशसिंह भण्डारीको नेतृत्वमा शल्यक्रिया गरिएको हो।

शल्यक्रिया पछि सेन्टरले मंगलबार दिउँसो र राति गरी दुईपटक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थीर रहेको जनाएको छ। विज्ञप्तीमा शल्यक्रिया पछि प्रधानमन्त्रीको सघन कक्ष (इन्टेन्सिभ केयर युनिट)मा उपचार भइरहेको र स्वास्थ्य ‘स्थिर’रहेको उल्लेख छ।

अस्पताल पुग्नु अघि नै प्रधानमन्त्रीको एपेन्डिक्स फुटेको थियो/थिएन भन्नेबारे अस्पतालले केही खुलाएको छैन। उनको उपचार प्रकृया र शारिरीक स्थितिलगायतको विश्लेषणका आधारमा केहि विशेषज्ञले अस्पताल पुग्नु अघि नै एपेन्डिक्स फुटेको आशंका गरेका छन्। ‘प्रधानमन्त्रीले इम्युनोसप्रेसिभ (शरीरको प्रतिरोधात्मक क्षमता घटाउने औषधि) खाइ राख्नु भएको छ।

यो औषधिले गर्दा एपेन्डिसाइटिसको दुखाइ कम भएर समयमै थाहा नहुन पनि सक्छ’, एक मृगौला रोग विशेषज्ञले भने, ‘पुरै पेट खोलेर शल्यक्रिया गर्नु पर्नाको कारण या त एपेन्डीक्स फुटेकै हुनु पर्छ नभए पेट भित्र पिप, पानी आदि जमेको हुनु पर्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार