राजनीति
पोखराका चर्चित पत्रकार तथा नेपाल पत्रकार महासंघले महासंघ कास्की शाखाका सदस्य राजेन्द्रप्रसाद अधिकारीलाई प्रहरीले यातना दिएको विषयमा नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा समाचार लेखेकै विषयमा यातना दिने कार्य संविधान विपरित हुने ठहर पनि महासंघको छ ।
महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘समाचार लेखेको विषयमा कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले मानसिक तथा शारीरिक यातना दिने अभिप्रायले सादा पोशाकका प्रहरी खटाइ पत्रकार अधिकारीमाथि निगरानी गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण छ ।’
पोखराको विभिन्न ठाउँमा प्रहरीले चलाएर्को जुवा अप्रेसन’ का विषय न्यूज २४ टेलिभिजनमा समाचार प्रसारण गरेको भन्दै प्रहरी प्रमुख एसपी कार्कीले पत्रकार अधिकारीको घर तथा कार्यालयमा सादा पोशाकका प्रहरी खटाएर मानसिक तथा शारीरिक यातना दिनुका साथै पत्रकार अधिकारीलाई पोखराबाट विस्थापित हुन बाध्य बनाएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा अगाडि भनिएको छ ‘समाचारप्रति गुनासो एवं चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै प्रहरीको जिम्मेवार अधिकारीबाट कुनै पनि बहानामा पत्रकारलाई मानसिक तथा शारीरिक यातना दिने र विस्थापित हुन बाध्य पार्नु आफैंमा निन्दनीय हुनुका साथै संविधानविपरीतको कार्य हुने महासंघको ठहर छ ।
महासंघ प्रहरीबाट भएको यस्तो कार्यको भत्र्सना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षितरुपमा काम गर्ने वातावरण निमार्ण गर्न सम्बन्धित निकायसँग माग गदर्छ ।’
यसैबीच नेपाल पत्रकार महासंघ न्यूज २४ शाखा र नेपाल प्रेस युनियन न्यूज २४ शाखाले पनि अलग अलग विज्ञप्ती जारी गर्दै कास्की प्रहरीले आफ्ना सहकर्मी पत्रकारमाथि गरेको ज्यादतिको घोर निन्दा गर्दै यातना दिने कार्य नरोकिए गम्भीर कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
हेर्नुस् विज्ञप्ति