logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१३ औं साग पोखरा :कठिन जित निकाल्दै ह्याण्ड बल महिला तर्फ नेपाल फाइनल प्रवेश


  • राजनीति न्युज डेक्स
  • शनिबार, मंसिर २१ २०७६

पोखरा-१३ औं एसियाली खेलकुद प्रतियोगिता (साग) प्रतियोगितामा नेपाली महिलातर्फको टोली पहिलो पटक पाकिस्तानलाई हराउदै फाइनलमा पुगेको छ । शनिबार भएको महिलातर्फको सेमिफाइनलमा पाकिस्तानमाथि २२–२१ कठिन जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।

उक्त खेलमा नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् । अब नेपालले स्वर्ण पदकका लागि आइतबार भारतसग फाइनल खेल्नेछ ।

यता, शनिबार नै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४१–१३ गोल अन्तरले जित हासिल गर्दै फाइनल पुगेको छ । भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले सर्वाधिक समान ६ गोल गरे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार