राजनीति
बाँकेको कोहलपुरमा जारी आन्दोलनमा प्रहरीले गोली चलाएको छ । सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्याथीहरुमाथी प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागी त्रिभुवन मावि कक्षामा ९ मा पढ्ने शुसिल थापा गम्भीर घाईते भएका छन । घाईते थापाको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।
यस्तै आन्दाेलनकारीले काेहलपुर स्थिति प्रहरी काे चमेना गृह मा आगजनी गरउदिएका छन् । भने आन्दोलन कारीकाे ढुंगा प्रहारबाट डिएसपी शाहि सहित ९ जना प्रहरी र दर्जनाै बिधार्थी घाइते भएका छन् ।
आईतबार विद्यालय जाँदै गरेकी एक छात्रालाई ट्रकले किचेको थियो । कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । घटनामा चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बिहान १० बजेदेखीको सुरु भएको आन्दोलनलाई दवाउन प्रहरीले दर्जन बढि हवाई फायर गरेको छ । प्रहरी दमन बिरुद्ध उत्रिएका विद्यार्थीहरुले कोहलपुर बजार पूर्ण रुपमा बन्द गराएका छन । प्रहरीले अझैं हवाई फायर गरीरहेको बताइएको छ ।