logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

स्याङ्जा चापाकोटमा आफ्नै आमाको घा’टीँ अठ्याई ह’त्या


  • राजनिती न्युज डेस्क
  • बुधबार, मंसिर २५ २०७६

स्याङ्जा– आफ्नै आमाको ह’त्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ वनकट्टाकी ७४ वर्षीया बालकुमारी तिवारीलाई आफ्नै छोरा ४७ वर्षीय नारायण तिवारीले ह’त्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनले घाँ’टी च्या’पेर मारेको भन्ने किटानी जाहेरीका आधारमा तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए ।

प्रवक्ता घिमिरेका अनुसार छोरा नारायण तिवारीले मङ्सिर १२ गते अन्दाजी ४ः३० बजे आमाले लगाएको कपडा तथा घरको पिँढीमा दिसापिसाब गरेको कारणले रिस थाम्न नसकी आवेशमा आई घाँ’टी अ’ठ्याएर मा’रेको खुल्न आएको छ ।

पक्राउ परेका नारायणलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) शीर्षकमा मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार