logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माटोको ढिस्कोले पुरिएर तनहुँमा एकको मृत्यु,तीनजना भाग्न सफल


  • रासस
  • बिहिबार, मंसिर २६ २०७६

पोखरा – माटोको ढिस्कोले पुरिएर तनहुँमा आज एक जनाको मृ’त्यु भएको छ । तनहुँको भिमाद नगरपालिका–८ टुकमराङमा ढुङ्गाखानीमा काम गर्दै गरेको अवस्थामा एक वृद्धको मृ’त्यु भएको हो ।

मृ’त्यु हुनेमा सोही वडाको चैनपुर बस्ने ५८ वर्षीय काले परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

ढुङ्गाखानीमा चार जनाले काम गर्दै गरेको अवस्थामा अचानक माटोको ढिस्को खस्दा अन्य तीनजना भाग्न सफल भए पनि परियारको भने ढिस्कोले पुरिएर घटनास्थलमा नै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार