logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेपाली सेना चढेको बस दुर्घटना ,३० जवान घाइते


  • रासस
  • शनिबार, मंसिर २८ २०७६

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोतीमा सेनाको बस दुर्घटना हुँदा ३० सैनिक घाइते बनेका छन्।

शनिबार बिहान कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस दुर्घटना हुँदा ३० सैनिक घाइते भएका हुन्।

ना ६ ख ४०४ नंको बस आफैँ अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिए।

दुर्घटनाका घाइतेमध्ये १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

बसमा ४० नेपाली सेना थिए। दश जनालाई भने केही नभएको प्रहरीले जनाएको छ। राससं

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार