पोखरा- नेपालको भूमि अतिक्रमण गरेको भारतको विरोधमा अमेरिकाको ह्वाइट हाउसदेखि डिसीस्थित भारतीय राजदूतावाससम्म नेपालीहरुले प्रदर्शन गरेका छन् ।
कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शन गरिएको हो ।
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको अगाडितर्फ रहेको लाफाऐट पार्क वरिपरिको गोरेटोमा दुई पटक चक्कर लगाएपछि अगाडि बढेको विरोध जुलुस डिसीको मुख्य शहर हुँदै भारतीय राजदूतावाससम्म पुगेर सम्पन्न भएको थियो ।उक्त विरोध जुलुसमा अंग्रेजी तथा नेपाली दुवै भाषामा नाराहरु लेखिएका प्रचार सामग्री प्रदर्शन गरिएको थियो ।
राष्ट्रिय पोशाकमा सजिएका र नेपालको राष्ट्रिय झण्डा बोकेका सहभागीहरुले ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो’, ‘गो ब्याक इण्डिया’ भन्दै नारा लगाएका थिए ।विजय थापाले अनलाइन खबरमा लेखेका छ्न।