पोखरा- संघीय संसदको दुबै सदनको हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि सुरू हुँदैछ। प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्ने भएकी छन्।सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन्।
बैठकको कार्यसूची तय गर्न उपसभामुखले १ बजे संसद भवन बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छन्। तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती क’रणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ।
राष्ट्रिय सभाको बैठकको भने कार्यसूची तय भइसकेको छ। राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने र त्यसपछि संसदीय दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले बताए।