logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रभाकर देखि शंकर पाेख्रेललाई नेकपाले लियो स्पष्टीकरण, काे काे परे अरु ?


  • राजनीति
  • आइतबार, पुष ६ २०७६

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे धुम्वाराहीमा स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका केही नेताहरुलाई शीतल निवासमा बोलाएर बिहानको खाना (लञ्च) सहितको भेटवार्ता गरेपछि राष्टपति भेट्ने नेताहरुले स्पष्टीकरण दिनुपरेको छ । उनीहरु पार्टीको बैठकस्थलमा ढिला पुगेपछि किन ढिला भन्दै शीर्ष नेताहरुले प्रश्न गरेका थिए । जवाफमा नेताहरुले राष्ट्रपतिले बोलाएकाले भेट गरेर आउँदा केही मिनेट ढिला भएको जवाफ दिएका थिए । त्यसपछि बैठकको कामकारवाही सुरु भएको थियो ।

राष्टपति कार्यलयबाट नेकपाका नेताहरुलाई छुट्छुटै फोन गरेर बोलाएपछि नेताहरु बिहान शीतल निवास पुगेका थिए । तर भेटवार्ता भने सामुहिक गरिएको थियो । भेटमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम र बजेटबारे नेताहरुसँग चासो राखेकी थिइन् । ‘मैले तपाइहरुलाई यहाँ बोलाउनुको विशेष र खास कारण छैन । सरकारको नीति तथा कार्यक्रम र बजेट कसरी कार्यान्वयन भइरहेको छ । त्यो तपाइहरुसँगै बुझ्दा राम्रो हुन्छ भनेर बोलाएकी हुँ । बजेट मिल्यो मिलेन तपाइँहरुलाई कस्तो लाग्छ ?’ नेताहरुसँगको सामुहिक भेटमा राष्ट्रपतिको जिज्ञासा थियो । जवाफमा केही नेताहरुले सामान्यतया सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भइरहेको छ भन्ने जवाफ दिएका थिए । ठुलठुला भौतिक पूर्वाधारका काम हुन लागेको तर स–साना खाल्डाखुल्डीका कुरामा जनताका गुनासा आउने गरेको नेताहरुले राष्ट्रपतिलाई सुनाएका थिए ।

भेटवार्तापछि राष्ट्रपति भण्डारीले खाना खाएर जान नेताहरुलाई आग्रह गरेकी थिइन् । ‘खाना खान थालेपछि केही ढिला भएको हो’ राष्ट्रपतिले नेताहरुलाई भेटेको विषयलाई अन्यथा लिन नहुने भेटमा सहभागी नेता देवेन्द्र पौडेलले बताए । ‘उहाँले खेलाडी लगायत विभिन्न प्रकारका व्यक्तिहरुलाई भेट्नुहुन्छ । हामीले जानेअनुसार राष्ट्रपतिलाई कार्यकारी अधिकार छैन । भेटमा हामीलाई पनि कुनैपनि कार्यकारीको जस्तो गन्ध आउने संकेत पनि गर्नुभएको छैन । त्यसैक्रममा हामी राजनीतिकर्मीलाई पनि भेटेको हो । तर यो भयंकर ठुलो अपराध जस्तो गरेर समाचार बाहिर आयो । यो दुःख लाग्दो विषय हो । फेरि उहाँले कुनै त्यस्तो अधिकार लिन खोजेको जस्तो पनि देखिदैन ।’ स्थायी समितिको बैठक बसेका बेला किन भेटनुभयो भनेर प्रश्न गर्नु स्वभाविक भएको पौडेलले बताए ।

राष्ट्रपति भण्डारीले जारी स्थायी समिति बैठकबारे कुनै चासो नदेखाएको पनि भेटमा सहभभागी नेता देवेन्द्र पौडेलको दावी छ । उनले आफुहरु २५ मिनेट मात्रै ढिलो बैठकस्थल पुगेको बताए । राष्ट्रपति भेट्न नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन, जनार्दन शर्मा प्रभाकर, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, शंकर पोखरेल लगायत शीतलनिवास पुगेका बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार