logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

त्रिबि उपकुलपतिको कार्यालय तोडफोड


  • राजनीति
  • आइतबार, पुष १३ २०७६

मुलुककै जेठो बिश्वबिद्धालय त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड भएको छ । आइतबार दिउँसो केही विद्यार्थीले उपकुलपतिलाई भेट गर्ने भन्दै कार्यकक्षमा छिरेर उनको कार्यकक्षमा रहेको कुर्सी र टेबल तोडफोड गरेका हुन् ।

उपकुलपतिको टेबलमा रहेका कागजात छरपस्ट भएको र सिसाको कप फुटेको छ।‘उपकुलपतिसँग कुरा गर्नुछ भनेर विद्यार्थी आए,’ उपकुलपति कार्यालयका अनुसार , ‘हामी कर्मचारीलाई बाहिर जान भनेपछि हामी निस्कियौं। दुई मिनेट नहुँदै झगडाको आवाज आएपछि भित्र हेर्दा उपकुलपतिको टेबल, कुर्सी पल्टाएछन्। सिसाको कप फुटाएछन्।’

उपकुलपतिले आफूखुसी विभिन्न विभाग र क्याम्पसमा तीन महिने नियुक्ति गरेको विषयमा ती विद्यार्थीले असन्तुष्टि जनाएको बुझिएको छ। त्यस विषयमा उपकुलपति बाँस्कोटाले ‘म मिटिङमा छु’ भनेर बोल्न चाहेनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार