logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बिधार्थी नेता अविलम्ब रिहा नगरे प्रतिवाद गर्ने क्रान्तिकारीकाे चेतावनी


  • राजनीति
  • सोमबार, पुष १४ २०७६

विप्लव नेकपा निकट अखिल ( क्रान्तिकारी ) ललितपुर ले आफ्ना नेता तथा कार्यकर्तालाई बिना सर्त रिहाइको माग गरेको छ ।

शिक्षा क्षेत्रमा भइरहेको बिकृती बिरुद्ध अनवरत संघर्ष गरिरहेकाे संगठन र संगठनमा आबद्ध नेता तथा कार्यकर्तालाई सरकारले  बिना कारण धरपकट गर्ने गिरफ्तार गर्ने झुट्टा मुद्दा लगाउने गरिरहेकाेे भन्दै क्रान्तिकारी ले यसकाे प्रतिवाद गर्ने चेतावनी दिएकाे छ ।

क्रान्तिकारी ललितपुरका अध्यक्ष अग्रीमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ ‘ मातृ पार्टी माथि प्रतिबन्ध लगाय यता राज्य क्रुर फासिवादमा उत्रिएको छ र यसले शैक्षिक रुपान्तरण काे आन्दोलन तथा नेतृत्व कर्ता संगठनलाई नै प्रतिबन्धित गरेकाे छ । शैक्षिक रुपान्तरण तथा राष्ट्रिय स्वाधीनता काे लागि जागरण अभियानमा रहेका अखिल   ( क्रान्तिकारी ) नेता तथा कार्यकर्ता माथि अमानवीय दमन गरिएको छ ।

संगठनले क्रान्तिकारी का ललितपुर जिल्ला सचिव ललित बम र सहसचिव मान बहादुर तिरुवालाइ अविलम्ब रिहाइको माग गरेको छ ।

हेर्नुस् विज्ञप्ति

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार