logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एमसिसि राष्ट्रका लागि खतरा, सबैले अस्विकार गराै : नेता नेपाल


  • पत्रपत्रिका
  • बुधबार, पुष १६ २०७६

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता नेपालले स्वीकार गर्नु नहुने बताएका छन्।

हेटौंडामा पार्टीको नगर वडा कमिटी सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा नेपालले पाँच वर्षभित्र नेपालमा करिब ५५ अर्ब रुपैयाँ खर्च गर्ने गरी अन्तरदेशीय प्रसारणलाइन तथा अन्य संरचना निर्माणको लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालकै लागि घातक हुने दाबी गरे।

नेता नेपालले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै त्यसलाई स्वीकार गर्नु असंलग्न परराष्ट्र नीति विपरीत हुने दाबी गरे।

एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे नेकपामा बहस चलिरहेकै बेला नेपालले भने, ‘एमसीसी परियोजना इन्डो प्यासिफिक रणनीतिसँग जोडिएको छ र यो रणनीति उत्तर कोरिया, चीन र रुसविरुद्ध उभिएको छ। यसरी कसैको विरुद्ध खडा भएको गठबन्धनको अनुदान हामीले स्वीकार गर्नु हामीलाई घातक हुन्छ।’

उनले इन्डो प्यासिफिक रणनीति भनेको अरुलाई पराजित गरी अमेरिकालाई शक्तिशाली बनाउने रणनीतिमा बनेको गठबन्धन भएको दाबी गरे। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार