राजनीति
सत्तारूढ दल नेकपाका नेता तथा युवाहरुबिच लाेकप्रिय छवि कायम गरेका नेता लेखनाथ न्याैपानेले पुजीवादी ब्यबस्थाकाे नैतिकता नै लुटपाट भएको बताएका छन ।
उनले अहिले कम्युनिस्ट तथा गैर कम्युनिस्ट काेे नाममा सके जति लुटपाट मच्चाउने र व्यक्ति मोटाउने भएको टिप्पणी गरेका छन । उनले पुजिवादी ब्यबस्थामा जसले बढी लुटपाट गर्न सक्छ उही सफल ठहरिन्छ दावी गरेका छन् ।
नेता न्याैपानेले लेखेका छन ‘राजनीतिक मूल्य, नैतिकता र विधी निजी नाफा थोपर्ने औजारको रूपमा अधिक्तम दुरूपयोग गरिन्छ ।’
अहिले मुलुकमा दलाल पुजिवादी हावि रहेकाे उल्लेख गर्दै उनले हिजोआजका हाम्रा अभ्यासहरू दलाल पूँजीवादी रंगमञ्चका दृष्यहरू हुन् । यो रंगमञ्चका जति पनि हामी पात्र छौं, सबै दलाल पूँजीवादका घोडा बनिरहेका छौं भनेका छन ।
हेर्नुस् स्टाटस
पूँजीवादमा नैतिकता भनेकै लुटपाट गर्नु हो
दलाल पूँजीवादमा कम्युनिस्टको नाममा वा गैरकम्युनिस्टको नाममा, वाम होस् कि कांङ्, सकेको जति लुटपाट मच्चाउने र व्यक्ति मोटाउने नै हो । जसले बढी लुटपाट गर्न सक्छ उही सफल ठहरिन्छ यो प्रणालीमा । राजनीतिक मूल्य, नैतिकता र विधी निजी नाफा थोपर्ने औजारको रूपमा अधिक्तम दुरूपयोग गरिन्छ । हिजोआजका हाम्रा अभ्यासहरू दलाल पूँजीवादी रंगमञ्चका दृष्यहरू हुन् । यो रंगमञ्चका जति पनि हामी पात्र छौं, सबै दलाल पूँजीवादका घोडा बनिरहेका छौं ।