प्रिय मान्छे,
तिमिले छोडेर गएकोपनी ८ महिना पुगिसकेछ। लाग्छ हिजोमात्र भोलि भेट्ने भनेर छुट्टीएका थियौ।बिस्वास त म भन्दा धेरै तिमिले दिएका थियौ कैयौं सपना देखायौ ठुला ठुला जिम्मेवारि बोक्ने आशा दियौ तर यति थोरै समयको लागि मात्र किन??
खुसी देखिन्थ्यौ सधै मुस्कुराई रहन्थ्यौ त्यस्को बदला आज मेरो आखामा कहिलै नसकिने आँसु दिएर गयौ है। कस्ले बुजिदिन्छ मेरो दुखाई अनि भोगाई बुजोस पनि कस्ले कहिलै आशु झर्न दिन्न भन्ने तिमिले त छोडेर गयौ।
मेरो नजिक न आको भए आज यो दिन आउने थिएन होला कति भने मैले मलाई मेरै ठाउमा रहन देउ भनेर भन्थ्यौ नि तिमिलाई पाएर खुसी छु अब मेरो भाइ बहिनिको जिम्मा तिमिले लिनु पर्छ साना भाइ बहिनिलाई पढाउनु छ अनि मम्मी बुवाको सपना पुरा गर्नु छ तिमेले पूरा गर्ने छौ मत रज्नितिमा छु मलाई पैसा कमाउनु छैन नाम कमाउनु छ भनेर त्येस्को लागि किन मलाई अन्जान छोडेर गयौ किन मलाई त्यो जिम्मा दिएनौ?
के थाहा मलाई यहाँ सम्म पुर्याउछौ भनेर आज तिम्रो सपना सङै मेरा हरेक सपना अनि खुसी खोसिए। म रु’दा फकाउने तिमी आज मेरो सथी सिटामोल भएको छ जब मेरो आँखा भरिन्छ टाउको भारी भएर आउँछ नि अनि सिटामोल ले साथ दिन्छ। के थाहा यस्तो होला भनेर धेरै भए जेल बस्नु पर्ला पछि छुडिहाल्छ भन्थ्यौ किन यस्तो सजाए तिएर गयौ। कस्ले देख्छ र दु’खेको मन अनि रित्तिएका सपना कि यहि छट्पटिएको मुटुले बुझ्छ कि भिजेका आखाले देख्छ।थाहा छ जानी जानी छोडेका त होइनौ र पनि मन मान्दैन स’ताई रहन्छ ।
तिम्रो यादले समाल्न सक्दिन मन लाई भ’क्कानिन्छ मुटु अनि झर्छ आँसु।तिमी आउछौ भनेर कुर्दा कुर्दै अब त आँसा नै म’रिसक्यो। तिमिले छोडन नदिएको यो सहर अब तिम्रो लागि छोडन मन छैन साथमा नभए नि यादमा रहिरहने छौ। अब एक्लै बस्ने दिन गए म सबै मिलाउछु चिन्ता नगर भन्थ्यौ कहिलै नभेट्ने गरि सधैको लागि एक्लै छोडेर गयौभोलि भेट्ने भनेर छुट्टिएका तिमी के थाहा त्यस्तो कुरा सुन्नु पर्छ भनेर भित्र भित्रै जलेकी थिए र पनि एउटा अभिभावक को नाताले भाइ बहिनी लाई सम्झए हामिलाई छोडेर जनु हुन्न फर्केर आ आउँछ भनेर समाल्ने कोसिस गरे अचानक आफै आरेघाट पुग्नु पर्यो भेट नै अन्तिम हुन्छ भनेर तिम्रो त्यो भेट्ने इच्छा त पूरा भयो तर न म बोलाउने अबस्थामा थिए न त तिमी बोल्न सक्थ्यौ नै तिम्रा धेरै साथीहरू अनि आफन्त हुनुहुन्थ्यो त्यो भिडमा मत अन्जान थिए म’रिदिम जस्तो लाग्थ्यो थोथोरै पनि आश बाकी थिएन त्यो भिडमा आफुलाई समाल्दै भक्कानिदै कहिलै नभेट्ने गरि तिमीबाट छुट्टिनु पर्यो फेरि सम्झन मन छैन त्यो दिनलाई।
कसरी सम्झाउ ती साना भाइ बहिनी लाई नभेटेको भए हुन्थ्यो नदेखेको भए हुन्थ्यो अब त तिमिले छोडेको चिनो भईसके। कति खुसी हुन्थे म समजको अगाडि आफ्नो बनाको भए मनमा मात्र आफ्नो बनएर गयौ के आधारमा अफ्नो पन देखाउ के आधरमा सम्झाउ ती भाइ बहिनिलाई यो समज अनि आफन्तको अगाडि अझै अपरिचित छु न त तिम्रो यादलाई मेटाउन मिल्ने न त यो समजलाई देखाउन मिल्ने।सताई रहन्छ पच्छ्याई रहन्छ तिम्रो यादले एक्लो हुन दिएको छैन चाहे भन्दा धेरै सताउछन रुवाउछन मलाई नै पागल बनाईदिन्छन। गुनासो छैन तिमी देखि छोठो समयको लागि भएपनी मेरो थियौ मेरो मान्छे भएर गयौ मेरो नै रहने छौ।
यति मात्र हो कि सङै जिउने रहर हुदा हुँदै किन छुटायो भगवानले किन अलग अलग बनाईदियो?? समालेर राख्ने छु तिम्रो मायालाई अनि यादहरुलाई सदै तिम्रो यादमा रहिरहने छ।
तिम्रो फुच्चि।