logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

यसरी ह्याक गरेका थिए अमेरिकी वेबसाइट इरानीले ?


  • एजेन्सी
  • सोमबार, पुष २१ २०७६

तेहरान : आफूलाई ह्याकर भन्ने इरानी एक समूहले अमेरिकी सरकारी वेबसाइट ह्याक गरेको छ । उक्त समूहले इरानी कमाण्डर कुसाम सुलेमानीको हत्याको बदला लिएको भन्दै यस्तो गरेको जनाएको छ ।

‘फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको’ वेबसाइटलाई ह्याक गर्दै ‘इरानीयन ह्याकर्स’ पेज स्थानान्तरण भएको छ । जहाँ इरानी नेता अयोतल्लाह अली खमेनी र इरानी झण्डा वेबसाइटमा देख्न सकिन्छ ।

साथै वेबसाइट खोल्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मुखमा इरानी मुड्कीले हिर्काएपछि रगत आएको तस्बिर देखिन्छ । ‘यो इरानको साइबर सक्षमताको सानो भाग मात्रै हो,’ वेबसाइटको कालो पृष्ठभुमिमा सेतो अक्षरले लेखिएको छ ।

गत शुक्रबार इराकको बगदादमा अमेरिकी हवाइ हमलाबाट इरानी कमाण्डर सुलेमानीको हत्या भएको थियो । त्यसपछि नै अमेरिका र इरानबीच द्वन्द्व चर्किँदै गएको छ । दुबै देशका नेताहरुले जवाफी हमला गर्ने चेतावनी दिँदैआएका छन् । सुलेमानी बगदादस्थित अमेरिकी अधिकारीमाथि आक्रमण गर्ने योजनामा रहेको दावी ट्रम्पको छ । अमेरिकी आक्रमणपछि इरानले अमेरिकामाथि आक्रमण गर्ने जनाएको छ भने अमेरिकाले पनि ५२ ठाउँमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार