logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

“प्रदेश सरकारले जुलोजिकल पार्कको सपना पूरा गर्छ “


  • आश तमु
  • मंगलबार, पुष २९ २०७६

पोखरा – पोखरा १० अमरसिह चोकमा पोखरा युनाइटेड क्लबको आयोजनामा दशौ संस्करणको पोखरा महोत्सव सुरु भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वाले महोत्सवको उदघाटन गर्दै युनाइटेड क्लवको पहलमा बन्दै गरेको पोखरा जुलोजिकल पार्कको सपना प्रदेश सरकारले साकार पार्ने बताएका छन ।

पोखरा महोत्सवको आयोजना गरी रकम संकलन गरी हाल सम्म जुलोजिकल पार्क निर्माणको काम थालनी हुनु आफैमा श्रहानिय काम भएको र अव क्लवको सपना पुरा गर्न प्रदेश सरकार लागी पर्ने उनले बताए  । जुलोजिकल पार्क संगै गण्डकी प्रदेशमा ठूला पार्क, हजार जना अट्ने ठूला सेमिनार हल निर्माण गर्ने र वढी भन्दा वढी पर्यटक गण्डकी प्रदेशमा भित्रयाउने उदेश्यले बिकासका कामलाई तीव्रता दिने मुख्यमन्त्रीको भनाइ रहेको थियो ।

युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिएभने कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । यसैविच महोत्सव पूर्व पोखराको रंगशाला गेट देखी महोत्सव स्थल अमरसिंह चौर सम्म झांकी तथा ¥यालीको आयोजना गरिएको थियो ।

१५ वटा झांकी र १ सय ६६ जटा र्याली सहभागी थिए । उक्त र्याली तथा झांकीमा झांकी तर्फ राम बजार पुन समाज पोखरा प्रथम, डढुवा दुर्छा लम्जुङ तमु समाज द्धितिय, ताङतिङ दुधपोखरी तमु समाज तृतिय र बांझापाटन तमु समाज र ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयले शान्तवना स्थान हासिल गर्न सफल भएका थिए ।

त्यसैगरी ¥यालीतर्फ पाेंचोको तमु समाज प्रथम, जुरे भुमे तप्रे तमु समाज बांझापाटन १३ द्धितिय र मान्द्रेढुंगा आमा समुह पोखरा १४ तृतीय स्थान र लक्ष्मीटोल आमा समुह पोखरा १५ र भद्रकाली दिदीबहिनी समुह पोखरा १२ ले सान्तवना स्थान हासिल गरेका छन । झांकी तथा ¥यालीमा दुवै विद्या तर्फ प्रथम हुनेले नगद १५ हजार, द्धितियले १० हजार, तृतियले ५ हजार प्राप्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार