logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा मणिपालमा स्याङ्जाकि सुनिताले जन्माए एकै पटक चार शिशु

तीन छोरी एक छोरा


  • आश तमु
  • बिहिबार, माघ २ २०७६

पोखरा – पोखराको मणिपाल शिक्षण अस्पतालमा बिहीबार चम्ल्याहा शिशुको जन्म भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् ।

उनले पहिलो बच्चा १.६ किलोग्राम तौलकी छोरी, दोस्रो १.३ किलो ग्रामको छोरा, तेस्रो छोरी १.३ किलो ग्राम र चौथो १.४ किलोग्रामकी छोरीलाई जन्म दिएकी हुन्।

 

गत आइतबार प्रसूतिका लागि मनिपाल भर्ना भएकी सुनीताको चारैजना शिशु र आमाको स्वास्थ्य ठीक रहेको अस्पतालले जनाएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार