logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रशासनद्वारा बाह्रविसेमा कर्फ्यु


  • राजनीति
  • आइतबार, माघ ५ २०७६

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिकामा कर्फ्यु लगाएको छ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले अर्को व्यवस्था नभएसम्म आज (आइतबार) देखि विहान ८ बजेबाट बेलुकी ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेकी छिन्।

नगरपालिकाले वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काइदिएको थियो। त्यसपछि आक्रोशित बनेका सडक अतिक्रमणकारीहरुले बजार क्षेत्रमा नारा जुलुस गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका थिए।

उनीहरुले नगरपालिका कार्यालयमा रहेका केही गमलासमेत फुटाइदिएको सिन्धुपाल्चोक प्रशासनले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार