प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख निर्वाचनमा पार्टीबाट उम्मेदवार उठाउने तयारी गरेको छ। सर्वोच्चमा मुद्दा खेपिरहेका सापकोटालाई सभामुख उम्मेदवार बनाएको भन्दै कांग्रेसले उम्मेवारी दिन लागेको हो। यसअघि कृष्णबहादुर महरा सभामुख उठ्दा कांग्रेसले उम्मेदवारी दिएको थिएन।
केन्द्रीय सदस्यसमेत रहेकी भुषाल नेपाली कांग्रेसकी सचेतक हुन्। राजनीतिमा लाग्नुअघि उनी १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा पढाउँथिन्। उनी कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्।