logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

पैसाकाे माेहले कम्युनिस्टहरु बिकृत भए : नेता न्याैपाने


  • राजनीति
  • बुधबार, माघ ८ २०७६

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता लेखनाथ न्यौपानेले मार्क्सवाद नैतिक धरातल भएको बताएका छन् ।

काठमाडौँमा मार्क्सवादी युवा मञ्चको पहिलो बैठकमा आफ्नो धारणा राख्दै नेता न्यौपानेले मार्क्सवादीले भन्ने र गर्ने व्यावहार कत्ति पनि तालमेल नमिलेको बताए ।

‘अहिले हाम्रोमा मार्क्सवादीहरु पैसा कहाँ राख्ने भनेर खेतला खोज्न थालेका छन्’ , कार्यक्रम बोल्दै नेता न्यौपानेले भने । उनले नेपालका मार्क्सवादीहरुले अहिले पैसा राख्ने खेताला खोज्ने अभियाननै चलाएको भन्दै यस्तो काम माक्सवादविरुद्ध हुने बताए ।

कार्यक्रम मार्क्सवादी युवा मञ्चका सल्लाहकार डा.बाबुराम अधिकारीले युवाहरुले मार्क्सवादी युवा मञ्च मार्फत चलाएको अभियानले सबैलाई उत्साह थपेको भन्दै अहिलेका युवाहरुलाई मार्क्सवादको बारेका स्कुलिङ्ग संचालन गर्नु पर्नेमा जोड दिए ।

केही हप्ता अगाडी गोरखाको लिगलिगकोटबाट घोषणा भएको मार्क्सवादी युवा मञ्चको कार्यसमितिले काठमाडौँमा आएर पहिलो पटक मन्चका सल्लाहकारसँग समिक्षात्मक बैठक गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार