सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा बौद्धिक र लेखक प्रखर बत्ता लेखनाथ न्यौपानेले एमसिसिले मुलुक वर्वादी तिर जाने ठोकुवा गरेका छन । उनले लुकाएर सन्दिग्द उद्देश्य राखेर एमसिसी पास गर्न नहुने भन्दै कडा आलोचना गरेकाछन ।
एमसीसीले मुलुकको स्वाधीनता र स्वतन्त्रता नामेट पार्ने जिकिए गरेका छन । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशलाइ ढाटेको भन्दै यस्तो गर्नु राष्ट्रघात भएको बताएकाछन । न्यौपानेले अमेरिकाले बिज्ञप्ती निकालेर श्रीलंका र नेपाल नया सदस्य भएको भनीसकेको शन्दर्भ कोट्याउदै परराष्ट मन्त्रीले अर्कै बोलेर मुलुकलाइ बेइमानी गरेको तर्क पेश गरेकाछन ।
एमसिसि पास गराउन घोर दक्षिणपन्थी शक्ति र वामपन्थी एकै ठाउमा हुनु निकै खतरापूर्ण भएको भन्दै यस बारेमा गम्भीर भएर बिचार गर्न अपिल गरेकाछन । उनले भारत सगको महाकाली सन्धीले बदनाम भएको कम्युनिस्ट आन्दोलन एससीसी पास गरेर थप कालो बन्न नहुने भनाइ राखेकाछन । न्यौपानेले नेपालीले आफ्नै बुद्धिबिवेक प्रयोग गर्नु पर्नेमा जोड दिदै लुरुलुरु अमेरिकाको पछि नलाग्न सुझाव दिएकाछन ।
न्यौपानेले शेर बहादुर देउवा र नेपाली काङ्ग्रेसले यस्तो गरे बिकास र समृद्धी आउछ भनेर बोल्ने नैतिक आधार नभएको भन्दै आफै कति पटक प्रधानमन्त्री भए र देशको हालत के बनाए हेर्न सुझाव दिएकाछन । बौद्धिक नेता लेखनाथले मुलक र जनतालाइ बर्वाद पार्ने ब्यक्ती नेता नहुने भन्दै मुलुकको बारेमा सोच्नुपर्ने धारणा राखेकाछन । एमसिसि दुरुस्तै पास भए महरालाइ फसाएको पुष्टि हुने तिर संकेत समेत गर्दै प्रधानमन्त्रीले महराले एमसिसीमा गल्ती गर्नु भयो अर्को सेसनमा पास गर्छौ भनेको स्मरण गराएकाछन ।
नेपालको क्रान्तिकारी बिद्यार्थी आन्दोलनका पर्याय बनेका न्यौपानेले अमेरिकी दूतावासको पछिल्लो बिज्ञप्ती खाली बिषयलाइ सामन्यीकरण गर्न निकालिएको बताउदै त्यो अगाडीका ३ वटा वक्तव्यले पुष्टि गरिसकेको दलित पेश गरेकाछन । उनले अमेरिकी सेना प्रवेश गरेपछी हरेक मुलुक जस्ताको त्यस्तै नरहेको भन्दै यो बाट मुलुक बचाउनुपर्ने वलशाली तर्क गरेकाछन ।
खरो र स्पष्ट वक्ताको भने परिचित लेखनाथले हिजो सत्तामा र विपक्षीमा हुदा महाकाली सन्धीको बारेमा ब्याख्या गर्नेले एमसिसिको बारेमा अरु गफ नलगाउदा हुन्छ भनेका छ्न । मुलुकको कानुन निष्क्रिय बनाउने कुरा कोहि नेता र मन्त्री तयार हुन्छ भने त्यो लज्जाजनक हुने बताएकाछन ।
एक अर्को प्रसगमा न्यौपानेले संसद बाट समाजवाद आएको उदाहरण बिश्वमा नभएको बताउद नेपालमा पनि त्यसरी संभावना नभएको तर्क गरेका छन । उनले बुर्जुवा वर्ग सग प्रतिस्पर्धा गरे समाजवाद आउछ भन्नु मुर्खता बाहेक केहि नहुने बताएकाछन ।
राजधानीको एक संचार माध्यमलाइ अन्तर्वार्ता दिदै न्यौपानेले उक्त कुरा बताएकाहुन ।