logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गाउँपालिका अध्यक्ष कै कार्यकक्षमा शक्तिशाली बम भेटियाे ?


  • राजनीति
  • मंगलबार, माघ १४ २०७६

उदयपुर : उदयपुरको लिम्चुङबुङ गाउँपालिका कार्यालयमा राखिएको शंकास्पद बस्तु शक्तिशाली प्रेसरकुकर बम भएको पुष्टि भएको छ।

उदयपुरको सदरमुकाम गाईघाटबाट लिम्चुङबुङ गाउँपालिका पुगेको १८ नं. बाहिनीका डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको छ।

अध्यक्षको कार्यकक्ष छिर्ने ढोकानजिकै कुकरबाट तार जडान गरी मोबाइलमा जडान गरी राखिएको अवस्थामा शंकास्पद झोला कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

भौगोलिक कठिनाईका कारण करिव २४ घण्टापछि सेनाको टोली डिस्पोज गर्नु परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीरबहादुर बुढामगरले जानकारी दिए।

कुकर बम सुरक्षित स्थानमा लगरे डिस्पोज गराइएको छ। एसपी मगरका अनुसार घटनाको अनुसन्धान भरहेको छ।

‘कुनै समूहले अहिलेसम्म चन्दा मागेको छैन’, उक्त गाउँपालिका अध्यक्ष मेजरकुमार राईले भने, ‘बम नै राख्ने गरी विवाद पनि भएको छैन।’

बम कस्ले र किन राखिएको अझै पत्ता लगाउन नसकिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडाध्यक्ष केशरकुमार खड्काले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार