logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रमुख प्रशासकीय अधिकृत घूसको रकम लिँदै गर्दा रंगेहात पक्राउ


  • राजनीति न्युज डेक्स
  • आइतबार, माघ १९ २०७६

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल घूसको रकम लिँदै गर्दा रंगेहात पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई सेवाग्राहीबाट एक लाख घूसको रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको जनाएको छ।  आयोगले उनलाई एक लाख घुसको रकम सहितआइतबार दिउँसो सेवाग्राहीको गुनासोपछि पुगेको अख्तियारको टोलीले उनलाई घूससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए।

त्यही नगरपालिकाका अर्का अधिकृत पनि पक्राउ परेका थिए। चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई सेवाग्राहीसँग घूस लिएको आरोपमा पक्राउ परेका थिए। सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत भट्टराईलाई पक्राउ गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार