logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

स्कुलको जग्गा बेचेे कार्वाही गर्ने क्रान्तिकारीको चेतावनी


  • राजनीति
  • सोमबार, माघ २० २०७६

नेत्र बिक्रम चन्द  विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला समितिले सरकारी विद्यालयको जग्गा विक्रि गरेर व्यापारिक कम्पेक्स बनाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
क्रान्तिकारी ललितपुरका अध्यक्ष अग्रिमले साेमबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो चेतावनी दिएका हुन् । उनले सर्वसाधारण जनताका छोराछोरीहरुको पठन–पाठन गर्ने ललितपुरको पुल्चोक वडा नं. ३ स्थित सरकारी मदन स्मारक विद्यालयलाई समाप्त पार्ने गरी स्थानीय जनप्रतिनिधि र प्रशासनको मिलोमतोमा जग्गा बिक्रिको प्रयत्न भईरहेका र त्यस्तो काम नरोकिए कारबाही गर्ने बताएका छन् ।

उक्त मदन स्मारक माध्यमिक विद्यालयको खेलमैदानमा व्यापारिक कम्प्लेक्स बनाउन फेरि चलखेल सुरु भएको छ । विद्यालयको जग्गामा बाटो विस्तार गरेर भवन बनाउन लागिएको हो । सडक विस्तार गर्ने बहानामा विद्यालयको जग्गामा एकतर्फी पर्खाल लगाउन थालिएको छ । यसअघि स्थानीयले जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिएपछि काम रोकिएको थियो ।

विद्यालयले ०६४ मा पूर्वपट्टिको तीन रोपनी जग्गामा व्यापारिक भवन बनाउन ललित मण्डप ट्राभल एन्ड टुर्सलाई २५ वर्षका लागि भाडामा दिएको थियो । ०६८ मा विद्यालय, टुर्स र क्लासिक डाइमन्सबीच सहमति हुँदा डाइमन्सलाई दिने निर्णय भयो । ठेकेदारले भवन बनाउन लाग्दा ललितपुर महानगरपालिकाले गाइडेड ल्यान्ड डेभलपमेन्ट (जीएलडी) मापदण्डअनुसार सडक चौडा नभएको भन्दै नक्सापासमा रोक लगाएको थियो । अहिले नक्सापास स्वीकृतिका लागि कम्प्लेक्स बनाउने योजनाअनुरूप सडक चौडा गर्न विद्यालयको पर्खाल भत्काइएको स्थानीय बताउँछन् ।

विद्यालयको पूर्वपट्टिको भाग न:टोल–पाटनढोका सडकअर्न्तगत पर्छ । जीएलडी मापदण्डअनुसार सडक ११ मिटरको छ । सडकको क्षेत्राधिकारअनुसार बीच भागबाट दायाँबायाँ ५.५ मिटर छोड्नुपर्छ । क्रान्तिकारी ले बिधालय बचाउन आन्दोलनरत पक्षप्रति एकेबद्दता जायर गर्दै दलाललाई नछाेडने चेतावनि दिएकाे छ ।
विज्ञप्तिमा भनिएको छ ‘सरकारी बिधालय समाप्त पार्न शिक्षा मा निजि व्यापार गर्ने दलाला र व्यापारिकाे यस्ताे हर्क बिरुद्ध शसक्त रुपमा अगाडि बढन र राष्ट्र निमार्ता नायक उत्पादन हुने युगिन जिम्मेवारी काे जननि बिधालय काे जमिन मा सुरा सुन्दरीहरुकाे नाच देखाउन व्यापारीक महल खडा गर्ने कु कार्य बन्द गर्न स्थानीय जनप्रतिनिधि र प्रशासन लाई जाेडदार अपिल गर्दछ । अन्यथा जनताकाे पसिनाबाट आएको नुन पानी खायर राष्ट्र र जनता बिरुद्ध काम गर्नेहरुलाइ नेपाली क्रान्तिकारी बिधार्थीहरुकाे गाैरवमय इतिहास ले उचित समयमा उचित दण्ड दिने नै छ, यस्तो कु कार्यमा लागेका सवै दण्डित हुनेछन’।
हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार