पोखरा- तनहुँको आँबुखैरेनी गाउँपालिका २ नारीघाटमा बस र माइक्रोबस ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।
आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रोबस मङ्गलबार बिहान १०:४५ बजे एकापसमा ठोक्किएका थिए । घटनामा माइक्रोमा सवार ७ र बसमा सवार ४ गरि जम्मा ११ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा गोरखा पालुङटारकी मधु थापा, लमजुङ राईनसका गम बहादुर अधिकारी,सिन्धुपाल्चोक मेलम्चीका दिल बहादुर तामाङ, तनहुँ बन्दिपुरका विश्वधोज थापा, अवस्था गम्भीर, तनहुँ बन्दिपुरकी लक्ष्मी कायस्थ, अवस्था गम्भीर, ओखलढुङगा बल्खुका होम बहादुर खत्री,ललितपुर पाटनकी रुपा महर्जन, पाल्पा तानसेनका दुरदिन मियाँ,पाल्पा तानसेनका गगुली मियाँ, लमजुङकी साईरा मियाँ ,सप्तरी अग्निसाहीका अर्जुन गौतम रहेका छन
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।