logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

संगठनमाथिकाे प्रतिबन्ध नहटाइ स्ववियु हुदैन : क्रान्तिकारी


  • राजनीति
  • बुधबार, माघ २२ २०७६

प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाकाे भातृ  संगठन अखिल (क्रान्तिकारी ) पाल्पाले स्ववियु निर्वाचन मा भाग लिने वातावरण बनाउन माग गरेकोे छ ।

क्रान्तिकारी पाल्पाका अध्यक्ष लंक राना मगरले एक प्रेस विज्ञप्ति  जारी गर्दै संगठन माथि लगाइएकाे प्रतिबन्ध यथासाक्य खारेज गरि निर्वाचनमा भाग लिने वातावरण नबनि गरिने स्ववियु औचित्य हिन हुने बताएका छन् ।

उनले भनेका छन् हाम्रो पार्टीको बैज्ञानिक समाजवादकाे लक्ष्यप्रति समर्थख गरेकै आधारमा आज हाम्रो संगठनमाथि अघाेषित प्रतिबन्ध लगाइएकाे छ सरकारले संगठनका नेता कार्यकर्ता माथि गैर न्यायिक गिरफ्तारी धरपकड जारी छ र संगठनका साममन्य गतिविधि पनि गर्न दिइएको छैन नेता कार्यकर्ता मात्रै हाेइन समर्थन सुभचिन्तक विद्यार्थी पनि क्याम्पस कलेज र विश्वविद्यालय गयर नियमित पढने वातावरण छैन’ ।

यस्तै विज्ञप्तिमा उपयुक्त वातावरण नबनाइ त्रिभुवन विश्वविद्यालय द्वारा आगामी फागुन १४ गते स्ववियु काे निर्वाचन घाेषणा गरेको छ । स्ववियु काे गरिमा महत्व आवस्यकता प्रति हामी दृढ छाै तर हाम्रो संगठनलाई खुल्ला गतिविधि गर्न समेत राज्यले प्रतिबन्ध लगायर गरिने स्ववियु काे कुनै औचित्य छैन ‘।

सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगायपछि साे पार्टी निकट सबै भातृ संगठनहरुमाथि पनि प्रतिबन्ध लगायतको छ ।

हेर्नुस् विज्ञप्ति

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार