logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

स्ववियुमा भाग लिने वातावरण बनाउन क्रान्तिकारी कालिकोटको माग


  • राजनीति
  • बुधबार, माघ २२ २०७६

अखिल (क्रान्तिकारी) कालिकोटले  स्ववियु निर्वाचन हुने क्याम्पसमा ज्ञापन पत्र बुझाएकाे छ । क्रान्तिकारी कालिकोट ले स्ववियु निर्वाचन मा आफ्नो संगठनलाई  भाग लिने वातावरण बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएकाे हाे ।

क्रान्तिकारी कालिकोटका अध्यक्ष जीवन बिश्वकर्माद्वारा हस्ताक्षरित पत्र नन्दादेवि बहुमुखी क्याम्पस काेटबाडामा बुझाइएकाे हाे।

अध्यक्ष बिकले आफ्नाे संगठन माथि लगाइएकाे प्रतिबन्ध यथासाक्य खारेज गरि निर्वाचनमा भाग लिने वातावरण नबनी गरिने स्ववियु औ’चित्य हिन हुने बताएका छन् ।

उनले भनेका छन् हाम्रो पार्टीको बैज्ञानिक समाजवादकाे लक्ष्यप्रति समर्थख गरेकै आधारमा आज हाम्रो संगठनमाथि अघाेषित प्रतिबन्ध लगाइएकाे छ सरकारले संगठनका नेता कार्यकर्ता माथि गैर न्यायिक गिरफ्तारी धरपकड जारी छ र संगठनका साममन्य गतिविधि पनि गर्न दिइएको छैन नेता कार्यकर्ता मात्रै हाेइन समर्थन सुभचिन्तक विद्यार्थी पनि क्याम्पस कलेज र विश्वविद्यालय गयर नियमित पढने वातावरण छैन’ ।

यस्तै विज्ञप्तिमा उपयुक्त वातावरण नबनाइ त्रिभुवन विश्वविद्यालय द्वारा आगामी फागुन १४ गते स्ववियु काे निर्वाचन घाेषणा गरेको छ । स्ववियु काे गरिमा महत्व आवस्यकता प्रति हामी दृढ छाै तर हाम्रो संगठनलाई खुल्ला गतिविधि गर्न समेत राज्यले प्रतिबन्ध लगायर गरिने स्ववियु काे कुनै औ’चित्य छैन ‘।

सरकारले विप्लव नेकपामाथि प्र’तिबन्ध लगायपछि साे पार्टी निकट सबै भातृ संगठनहरुमाथि पनि प्र’तिबन्ध लगायतको छ ।

हेर्नुस् पत्र

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार